जसपाका अध्यक्ष यादवद्वारा चुनावी समीक्षा प्रतिवेदन बुझाउन पुनः निर्देशन
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सात दिनभित्र निर्वाचन समीक्षा प्रतिवेदन केन्द्रीय कार्यालयलाई बुझाउन निर्देशन दिएका छन् । उनले प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति तथा जिल्ला समन्वय समितिहरुलाई पत्र पठाएर सो निर्देशन दिएका हुन् ।
यसअघि मंसिर १३ गते पनि सबैलाई पत्र पठाएर १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएपनि हालसम्म कसैको प्रतिवेदन नआएका कारण पुनः ताकेता गरि पत्र पठाइएको अध्यक्ष यादवले बताए । मंसीर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका सन्दर्भमा जिल्ला समन्वय समितिले प्रत्येक निर्वाचन क्षेत्रगत आधारमा पार्टीमा आबद्ध नेता तथा कार्यकर्ताले खेलेको भूमिकाको विषयमा छलफल गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको अध्यक्ष यादवले बताएका छन् ।
पार्टी/भ्रातृ संगठन, पार्टीका विभिन्न तह र स्तरका नेतृत्वदायी भूमिकामा रहेका सदस्यहरूले पदीय जिम्मेवारी अनुसार निर्वाचनमा खेलेको भूमिका, समानुपातिक र प्रत्यक्ष उम्मेदवारहरूको भूमिका, निर्वाचनका बखत भए गरेका सकारात्मक तथा नकारात्मक कार्य र पार्टीभित्र देखा परेका कमी कमजोरीहरूको बारेमा पनि समीक्षा गर्न निर्देशन दिइएको उनले बताए ।
पार्टीले समानुपातिक तथा प्रत्यक्ष तर्फको निर्वाचनमा प्राप्त गरेका मत अथवा प्राप्त गर्न सक्ने मतको अवस्था तथा सम्बन्धित निर्वाचन क्षेत्रहरूबाट प्राप्त चुनावी नतिजा समेतलाई ध्यानमा राखेर समीक्षा गर्न पत्रमा भनिएको छ ।
त्यसैगरी सो पार्टी सम्बद्ध प्रदेश समितिहरूले आ–आफ्नो प्रदेशस्तरीय चुनावी समीक्षा बैठक गरी प्रतिवेदन तयार गर्ने भएका छन् । जिल्ला र निर्वाचन क्षेत्रस्तरीय समीक्षा बैठकहरूमा सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारहरूको समेत उपस्थितिमा सत्य र तथ्यका आधारमा ठोस रूपमा विश्लेषणात्मक चुनावी समीक्षा गर्ने पत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या