ऐश्वर्या राईको नक्कली राहदानी विदेशी गिरोहसँग भेटियो, तीन जना पक्राउ
नोएडा पुलिस र साइबर सेलले नाइजेरियन गिरोहका तीन सदस्यलाई पक्राउ गरेको छ। उनीहरुबाट बलिउड अभिनेत्री ऐश्वर्या राईको नक्कली राहदानी बरामद भएको छ । अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यहरूबाट नक्कली १३ लाख अमेरिकी डलर र १० हजार ५०० पाउण्ड बरामद गरेको छ।
उनीहरुले ऐश्वर्या राईको नक्कली राहदानी केका लागि प्रयोग गरे भन्ने बारे प्रहरीले सोधपुछ गरिरहेको छ । प्रहरीका अनुसार गिरोहका सदस्यहरूले कम्पनीका प्रतिनिधि भएको नाटक गरेर महँगो मूल्यमा जडीबुटी बेच्चे गरेका थिए । यो नाइजेरियाली गिरोहले लामो समयदेखि वैवाहिक साइट र डेटिङ एप्स मार्फत मानिसहरूलाई लक्षित गर्दै आएको थियो। यसबाहेक अपराधीले सेनाका एक सेवानिवृत्त कर्णेलसँग पनि १ करोड ८१ लाख रुपैयाँ ठगी गरेका छन् ।
ती कर्णेलले प्रहरीमा उजुरी दिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेर गिरोहको पर्दाफास गरेको थियो । प्रहरी अधिकारी अभिषेक वर्माले मिडियालाई दिएको जानकारी अनुसार नाइजेरियाली अपराधीहरूले आफूलाई इके उफेरेमुक्वे, एडविन कोलिन्स र ओकोलोई डेमियनको रूपमा चिनाएका छन् । तीनै जनालाई ग्रेटर नोएडाबाट पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छ : प्रचण्ड
-
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टिँदा तीन जना बेपत्ता
-
नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने
-
एलिनाले भनिन्– ‘विवाह गर्न हतार गरेछु’
-
अध्यादेशको सही कार्यान्वयन हुनसके बेरोजगारदर घटाउन सकिन्छ: अध्यक्ष ढकाल
-
ट्रम्प युगमा विश्व व्यापारको दिशा