बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

टेक्सासमा शक्तिशाली भूकम्प

शनिबार, ०२ पुस २०७९, ११ : ०४
शनिबार, ०२ पुस २०७९

अमेरिकाको टेक्सासमा ५ दशमलव  ७ म्यग्निच्युडको भूकम्प गएको छ । भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः ३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा  करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प लगत्तै परकम्पन गएको थियो । 

भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ ।

‘टेक्सास राज्यको इतिहासमा यो चौथो शक्तिशाली भूकम्प हुनेछ’, राष्ट्रिय मौसम सेवाको मिडल्याण्ड कार्यालयले ट्वीट गर्यो । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप