घरेलु हिंसाको मुद्दामा प्रहरी-प्रशासन संवेदनशील भएन : अध्यक्ष दत्त
मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिंसा र लैङ्गिक हिंसाको मुद्दामा प्रहरी-प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन् ।
ओरेक-नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा प्रहरी-प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर दिँदै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा आयोगले उजुरी प्राप्त गरेको बताए । प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी अनुसन्धान गर्न भनेको केही दिनपछि सो मुद्दा अदालतमा गएको हुनाले संवैधानिक निकायले त्यसमा हस्तक्षेप गर्न नमिल्ने समेत बताएका छन् ।
अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा सडक आन्दोलन गर्दा बालबालिकाको दुरुपयोग समेत भएको बताउँदै आयोगबाट छिट्टै एउटा टोली स्थलगत अनुसन्धान गर्नको लागि पठाउने जानकारी दिएका छन् । अध्यक्ष डा. दत्तले आफू पनि सो घटनामा विशेष ध्यान दिएको र आफै पनि महोत्तरी गएर सम्बन्धित प्रहरी र प्रशासन प्रमुखलाई फास्ट ट्रयाक बाट यो घटनाको अनुसन्धान गर्न निर्देशन दिने कार्यक्रम रहेको जानकारी गराएका छन् । सो कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग, इन्सेक लगायतका संस्थाहरुको प्रतिनिधिको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
-
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित
-
सप्तकोसीको जलसतह खतरा तहभन्दा माथि, अन्य नदीको अवस्था के छ ?
-
अझै अवरुद्ध छन् यी मुख्य राजमार्ग (सूचीसहित)
-
अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित
-
बाढी पहिराेबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो, यस्तो छ क्षतिको अपडेट