बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु हिंसाको मुद्दामा प्रहरी-प्रशासन संवेदनशील भएन : अध्यक्ष दत्त

शनिबार, ०२ पुस २०७९, ११ : ०३
शनिबार, ०२ पुस २०७९

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले घरेलु हिंसा र लैङ्गिक हिंसाको मुद्दामा प्रहरी-प्रशासन हुनुपर्ने जति संवेदनशील नभएको बताएका छन् । 

ओरेक-नेपालद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा प्रहरी-प्रशासनले पहिले नै संवेदनशील भएर चासो लिएको भए अहिले पीडितले न्याय पाउनको लागि सडक आन्दोलन गर्नु नपर्ने बताए । 

अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर दिँदै अध्यक्ष डा. दत्तले नेहा चौधरीको घटनामा आयोगले उजुरी प्राप्त गरेको बताए ।  प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी अनुसन्धान गर्न भनेको केही दिनपछि सो मुद्दा अदालतमा गएको हुनाले संवैधानिक निकायले त्यसमा हस्तक्षेप गर्न नमिल्ने समेत बताएका छन्  । 

अध्यक्ष डा.दत्तले नेहा चौधरीको घटनामा सडक आन्दोलन गर्दा बालबालिकाको दुरुपयोग समेत भएको बताउँदै आयोगबाट छिट्टै एउटा टोली स्थलगत अनुसन्धान गर्नको लागि पठाउने जानकारी दिएका छन्  । अध्यक्ष डा. दत्तले आफू पनि सो घटनामा विशेष ध्यान दिएको र आफै पनि महोत्तरी गएर सम्बन्धित प्रहरी र प्रशासन प्रमुखलाई फास्ट ट्रयाक बाट यो घटनाको अनुसन्धान गर्न निर्देशन दिने कार्यक्रम रहेको जानकारी गराएका छन्  । सो कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग, इन्सेक लगायतका संस्थाहरुको प्रतिनिधिको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप