राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायबाट किन अलग भइन जोली ?

हलिउड अभिनेत्री एन्जेलिना जोलीले संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीसँग २० वर्षभन्दा बढी काम गरेपछि युएनएचसीआरको विशेष दूतको भूमिकाबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।
विगत दुई दशकहरूमा आफ्नो घरबाट विस्थापित लाखौं मानिसहरूको दुर्दशामा स्पटलाइट चम्काउँदै, ४७ वर्षीय जोलीले युएनएचसीआरसँग ६० भन्दा बढी फिल्ड मिसनहरू सम्पन्न गरिसकेकी छिन् ।
२० वर्ष संयुक्त राष्ट्रसंघीय प्रणालीमा काम गरेपछि मलाई लाग्छ कि यो मेरो लागि फरक तरिकाले काम गर्ने, शरणार्थीहरू र स्थानीय संगठनहरूसँग प्रत्यक्ष संलग्न हुने र समाधानका लागि उनीहरूको वकालतलाई समर्थन गर्ने समय हो भन्ने मलाई लाग्छ’, जोलीले एक विज्ञप्तिमा भनेकी छिन ।
शरणार्थी र अन्य विस्थापित मानिसहरूलाई सहयोग गर्न आउने वर्षहरूमा सहयोग जारी राख्ने उनले बताएकी छिन् । ओस्कार विजेता जोलीले सन् २००१ देखि युएनएचसीआरमा काम गरिरहेकी छिन् र सन् २०१२ मा विशेष दूत बनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार