विश्वकप फुटबल : तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै
शनिबार, ०२ पुस २०७९, ०६ : ३४

फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८स्४५ बजे सुरु हुनेछ ।
यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २(० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३(० ले हराएको थियो ।
मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।
प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रमेश लेखकलाई माधवको प्रश्न : प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन् ?
-
दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा
-
‘फिल्म क्षेत्रमा अझै विभेद छ’
-
कोलकाता र लखनउको खेलको मिति सारियो
-
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
-
पत्रकार हत्या र संचारगृहमाथिको आक्रमण प्रति पत्रकार महासंघ मकवानपुरको विरोध