पत्रपत्रिका
क्षतिपूर्ति माग गर्दै नेपालबाट फिफा अध्यक्षलाई पत्र
शनिबार, ०२ पुस २०७९, ०५ : ४१
पालमा कार्यरत विभिन्न मानव अधिकारवादी संस्थाले आप्रवासी कामदारलाई क्षतिपूर्ति उपलब्ध गराउन फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसमक्ष माग गरेका छन् । अध्यक्ष इन्फान्टिनोलाई बिहीबार लेखेको एक खुला पत्रमार्फत एम्नेस्टी इन्टरनेसनल नेपाललगायत तीन दर्जन संस्थाले कतारमा जारी विश्वकप फुटबल तयारीका क्रममा दुर्व्यवहार भोगेका र मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति माग गरेका हुन् ।
एम्नेस्टी इन्टरनेसनलको सन् २०२१ को प्रतिवेदनमा विश्वकप फुटबल तयारीका क्रममा हजारौँ आप्रवासी कामदारको शोषण गरिएको पत्रमा उल्लेख छ । कतारले श्रम व्यवस्थामा सुधार गरेको दाबी गर्दै सो आरोप अस्वीकार गरेको छ । कतारमा रहेका कुल २९ लाख कामदारमध्ये आप्रवासी कामदारको हिस्सा अत्यधिक छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट