बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्दै प्राध्यापक सुवेदी
बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा.सूर्यप्रसाद सुवेदीले बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका पाएका छन् । बेलायतका ६ जना अन्तर्राष्ट्रिय कानूनका विद्वानमध्ये प्रा सुवेदी पनि चयन भएका हुन् । नियुक्तिपश्चात सुवेदीले युरोपेली संघ र बेलायतबीच भविष्यमा उठ्ने विवाद समाधान गर्ने काममा आफ्नो भूमिका निर्वाह गर्ने छन्।
युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्सिट) पछि युरोपेली संघ र बेलायतबीच भविष्यको सम्बन्ध नियमन गर्ने एक ठूलो सम्झौता भएको थियो। ‘व्यापार र पारस्परिक सहयोग’ नाम भएको उक्त सम्झौतामा युरोपेली संघ र बेलायतबीच कुनै विवाद उठेमा त्यस्ता विवाद दुवै पक्षले मन्जुर गरेका अन्तर्राष्ट्रिय कानुनका प्रबुद्ध विद्वानहरूको मध्यस्थता (आरबीट्रेसन) बाट निराकरण गर्ने सहमति भएको थियो।
त्यही प्रावधान अनुसार युरोपेली संघ र बेलायतले अन्तर्राष्ट्रिय कानुनका शीर्षस्थ विद्वानहरूको सूची तयार गर्ने क्रममा प्रा.सुवेदीले प्राध्यापकको रूपमा अन्तर्राष्ट्रिय कानुनमा दिएको योगदान र वरिष्ठ ब्यारिष्टरको रूपमा गरेको कामको कदर गर्दै उनको नाम पनि समावेश गर्ने निर्णय गरेको हो।
यस्तो नियुक्तिले युरोपेली संघ र बेलायतबीचको भविष्यमा उठ्ने विवाद समाधान गर्ने काममा प्रा सुवेदीले भूमिका खेल्ने अपेक्षा गरिएको छ । ‘बेलायतमा रहेका अन्तर्राष्ट्रिय कानुनका थुप्रै विद्वानहरुमध्येबाट शीर्ष ६ मा पर्नु मेरो लागि ठूलो सौभाग्य हो, आफूले पाएको भूमिका पूर्ण रुपमा निर्वाह गर्नेछु’ सुवेदीले भने । उक्त भूमिकाप्रति आफू गौरवान्वित भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको राणाको चीन भ्रमण स्वीकृत
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन