शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता विवेक ओबरोय पोखरामा

शुक्रबार, ०१ पुस २०७९, १९ : ११
शुक्रबार, ०१ पुस २०७९

बलिउड अभिनेता विवक ओबरोय शुक्रबार पोखरा आइपुगेका छन् । नेपालमा सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनी घुम्ने उद्देश्यले आएका उनको परिवार पोखरास्थित सराङकोटको माउण्टेन लज आइपुगेका हुन् ।

माउण्टेन लजमा ओबरोयको परिवार १ साता रहने बुझिएको छ । अभिनेता ओबरोयले बुधबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए । व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय चन्द्रागिरी पनि गइसकेका छन् ।

पोखराको मुख्य बजार देखि करिब साढे १३ किलोमिटर टाढा रहेको उक्त लजको चार तले भवनको माथिल्लो मागबाट माछपुच्छ्रे, अन्नपूर्ण सहितको हिमश्रृखला देख्न सकिन्छ । लजबाट पोखरा आसपाससहित एक दर्जन हिमाल, हेमजा फाँट बजार, हरियो वनजंगल, पोखरा, फेवाताल लगायतको दृश्य अवलोकन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप