तत्काल केन्द्रीय समिति बैठक बोलाउन कांग्रेसका दर्जन केन्द्रीय सदस्यको माग

नेपाली काँग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यको बैठकले पार्टी सुदृढीकरणका लागि छलफल गरेको छ । ललितपुरको एक होटलमा केन्द्रीय सदस्य, मीन विश्वकर्मा, नैनसिंह महर, मदनञ अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानू बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँ लगायत सहभागी थिए।
संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्न बैठकले निष्कर्ष निकालेको विश्वकर्माले बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि कांग्रेसले चुनावी समीक्षा समेत गरेको छैन । केन्द्रीय सदस्यहरुले संस्थापन पक्षभित्र केही नेताहरूको मनोपोली चलेकोमा चिन्ता व्यक्त गरेका थिए ।
संस्थापक पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन् । केन्द्रीय समितिमा मोर्चाबन्दी गरेर दबाब बढाउने उनीहरूको तयारी छ । विश्वकर्माले छलफललाई आगामी दिनमा अगाडि बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै