सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा
शुक्रबार, ०१ पुस २०७९, १८ : १०

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनः मतगणना गर्न माग गर्दै उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् ।
संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङ कांग्रेसका खड्कासँग ११४ मतान्तरले विजयी भएका हुन् । निर्वाचन कार्यालयका अनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेर जित हासिल गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन् । –न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
-
अब सरकारी कोषबाटै पार्टीलाई रकम, उम्मेदवारलाई चुनावमा चन्दा वर्जित !
-
हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक
-
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो (भिडियो)
-
तीनकुने घटनामा नेकपा एसको गुनासो : हाम्रो पार्टी कार्यालयमाथि आक्रमण हुँदा राज्यले सुरक्षामा विभेद गर्यो