१० औं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने
नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १० औं संस्करण आयोजना हुने भएको छ । सामाजिक न्याय र मानव अधिकारलाई प्रश्रय गर्ने उद्देश्यसहित मानवअधिकार चलचित्र केन्द्रले महोत्सव आयोजना गर्न लागेको हो ।
पुस ३ देखि ६ गतेसम्म (१८–२१ डिसेम्बर) नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने महोत्सवको नारा ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’ रहेको छ । महोत्सवको उद्घाटनमा शान्ता नेपाली निर्देशित वृत्तचित्र ‘क्लाईमिङ ट्याम्पेचर्स, टप अफ द वर्ल्ड’ देखाइनेछ ।
कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २५ देशका ६४ वटा चलचित्र प्रदर्शन हुने महोत्सवमा नेपालबाट निर्देशक अभिनाष विक्रम शाह, भातरबाट लेखक तथा निर्देशक अनिर्वाण भट्टचार्य, कोरियाबाट मानवअधिकार अभियन्ता तथा महोत्सव निर्देशक सु–लीदिलबर र इजरायलबाट लेखक तथा निर्देशक ओश्रा स्वार्ज रेम जुरीको रुपमा रहेका छन् ।
महोत्सवमा प्रदर्शन गरिने चलचित्रलाई ४ विधाका उत्कृष्ट चलचित्रलाई नगदसहित अवार्ड प्रदान गरिनेछ । त्यस्तै एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई अवार्ड प्रदान गरिने महोत्सवमा ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ भन्ने विषयमा मास्टर क्लासको आयोजना गरिनेछ । मास्टर क्लास भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले दिनेछन् । त्यस्तै महोत्सवमा ‘जलवायु परिवर्तन र न्याय सम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, जलवायुसम्बधी विज्ञ, चलचित्रकर्मीहरुसँग प्यानल छलफल पनि राखिएको छ ।
महोत्सवमा प्रत्येक दिन चलचित्रहरू प्रदर्शनपछि मानव अधिकारकर्मी, चलचित्र पारखी एवम् कलाकर्मीहरु बीच चलचित्र र मानव अधिकारको विषय अन्तरक्रिया पनि गरिनेछ । महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानवअधिकार आयोग रहेको छ । महोत्सवको समापन समारोहमा दीपक रौनियार निर्देशित सर्ट फिल्म ‘फोर नाइट्स’ प्रदर्शन गरिने महोत्सवका निर्देशक पाण्डव खत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिद्वारा वैद्यको दस्ताबेज अनुमोदन