नेपाल–भारतबीच गणस्तरीय संयुक्त सूर्य किरण अभ्यास सुरु

नेपाली र भारतीय सेनाबीच गणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रति आतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन् ।
प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा तीन सय ३४ र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा तीन सय ३४ सैनिक तालिममा सहभागी रहेका छन् । यसअघि संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौँ संस्करण भारतको पिथौरागढमा भएको थियो । अभ्यास विसं २०६७ बाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरी सञ्चालन हुँदै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
तालिमका क्रममा फौजले प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गरिन्छ । उक्त तालिमबाट दुवै मुलुकका सेना बीचको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश