जसपाले बोलायो राजनीतिक समितिको बैठक, तीन एजेण्डा तय
शुक्रबार, ०१ पुस २०७९, १६ : ०३

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक समितिको बैठक बोलाएको छ । बैठक आगामी पुस १८ र १९ गतेका लागि पार्टी कार्यालय बालकुमारीमा बोलाइएको हो ।
बैठकका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट प्राप्त गरेको छ । तर सो निर्वाचनमा अध्यक्ष उपेन्द्र यादव भने पराजित भएका थिए । यस्तै प्रदेशतर्फ पनि जसपाको अघिल्लो निर्वाचनको तुलनामा नतिजा कमजोर आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव
-
१४ दिनदेखि सडकमै छन् शिक्षक, भर्ना अभियान अन्योल (तस्बिरहरू)
-
सरकारी कार्यालयमा पेन्सन नपाउने कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
-
रजत विजेता दावा नगदसहित सम्मानित