जसपाले बोलायो राजनीतिक समितिको बैठक, तीन एजेण्डा तय
शुक्रबार, ०१ पुस २०७९, १६ : ०३
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक समितिको बैठक बोलाएको छ । बैठक आगामी पुस १८ र १९ गतेका लागि पार्टी कार्यालय बालकुमारीमा बोलाइएको हो ।
बैठकका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा, विधान अधिवेशन र पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट प्राप्त गरेको छ । तर सो निर्वाचनमा अध्यक्ष उपेन्द्र यादव भने पराजित भएका थिए । यस्तै प्रदेशतर्फ पनि जसपाको अघिल्लो निर्वाचनको तुलनामा नतिजा कमजोर आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण