वर्षमानको स्वास्थ्यमा उल्लेख्य सुधार, अर्को हप्ता स्वदेश फर्किने

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए ।
‘वर्षमान सरको स्वास्थ्यमा उल्लेख्य सुधार भइसक्यो । केहीदिन राखेर परीक्षण गर्नुपर्ने भएकाले समय लाग्यो’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘अर्को हप्ता स्वास्थ्य लाभ गरेर स्वदेश फर्किनुहुन्छ ।’ उपचारका सिलसिलामा चीन पुगेका बेला उनले एक/दुईवटा राजनीतिक भेटघाट समेत गर्ने बताइएको छ । चुनाव लगतै नयाँ सरकार बन्न लागेकाले पुनको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।
पुनको उपचारमा सहयोग गर्न उनकी श्रीमती एवम् पूर्वसभामुख ओन्सरी घर्ती पनि सँगै गएकी छन् । पुन जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पुन लामो समयदेखि पीडित हुँदै आएका छन् । उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘परालको आगो’मा प्रकाश सपुत अनुबन्धित
-
फागुपूर्णिमा प्रकृति पुनर्जागरणको दिन हो : प्रधानमन्त्री ओली
-
मौलिक चाडपर्वहरू आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य
-
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघबाट अनुज कार्कीको उम्मेदवारी सदर
-
डोटीमा विषादी सेवनबाट एक युवकको मृत्यु
-
सुदूरपश्चिम प्रदेश सरकारलाई प्रभावकारी बनाउने प्रयास, राजनीतिक नियुक्ति शीघ्र गरिने