वर्षमानको स्वास्थ्यमा उल्लेख्य सुधार, अर्को हप्ता स्वदेश फर्किने
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए ।
‘वर्षमान सरको स्वास्थ्यमा उल्लेख्य सुधार भइसक्यो । केहीदिन राखेर परीक्षण गर्नुपर्ने भएकाले समय लाग्यो’ रातोपाटीसँग कुरा गर्दै पुनले भने, ‘अर्को हप्ता स्वास्थ्य लाभ गरेर स्वदेश फर्किनुहुन्छ ।’ उपचारका सिलसिलामा चीन पुगेका बेला उनले एक/दुईवटा राजनीतिक भेटघाट समेत गर्ने बताइएको छ । चुनाव लगतै नयाँ सरकार बन्न लागेकाले पुनको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।
पुनको उपचारमा सहयोग गर्न उनकी श्रीमती एवम् पूर्वसभामुख ओन्सरी घर्ती पनि सँगै गएकी छन् । पुन जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पुन लामो समयदेखि पीडित हुँदै आएका छन् । उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण