घरजग्गाको राजस्व घट्यो, उद्योगको क्षमता उपयोगमा ५ प्रतिशतको वृद्धि

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७८-७९ मा बागमती प्रदेशको घरजग्गा कारोबारको राजस्वमा गिरावट आएको छ । समग्र प्रदेशको वार्षिक घरजग्गा कारोबार २१.६ प्रतिशतले वृद्धि भएपनि यता राजस्वमा भने ३.३ प्रतिशतले गिरावट आएको हो ।
यस्तै, समीक्षा वर्षमा प्रदेशको कृषि उत्पादनमा २.२ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्याङले देखाएको छ । प्रमुख खाद्यान्न बालीमध्ये गहुँ ६.९ प्रतिशत, कोदो उत्पादन ०.१ प्रतिशत, जौ ४.१ प्रतिशत, फापर उत्पादन १५ प्रतिशतले बढेको छ भने धान उत्पादन ०.४ प्रतिशत र मकै उत्पादन १.७ प्रतिशतले घटेको छ ।
यस्तै तरकारी उत्पादन १.१ प्रतिशतले बढेको छ भने पशुजन्य उत्पादन अन्तर्गत दूध उत्पादन १०.६ प्रतिशत, मासु उत्पादन ८.३ प्रतिशतले बढेको र अण्डाको उत्पादन १.३ प्रतिशतले घटेको तथ्याङकले देखाएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कुल कर्जाको ३.५ प्रतिशत बागमती प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको छ ।
समीक्षा वर्षमा यस प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको क्षमता उपयोग औसतमा ४७.४ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस्ता उद्योगको क्षमता उपयोग औसतमा ४२.४ प्रतिशत रहेको थियो ।
औद्योगिक उत्पादनमध्ये चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गरेको छ भने औषधी उद्योगमध्ये क्याप्सुल उत्पादनमा सबैभन्दा कम क्षमता उपयोग भएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको औद्योगिक कर्जा कुल प्रवाहित कर्जाको ३२.१ प्रतिशत रहेको छ ।
कोभिड–१९ संक्रमणदरमा कमी आएसँगै पर्यटन व्यवसाय विस्तार हुने क्रममा रहेको देखिन्छ । नमुना छनौटमा रहेका ठूला होटलहरूको अकुपेन्सी ३६.२ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा परिचालन गरेको निक्षेप २०७८ असार मसान्तको तुलनामा २०७९ असारमा ९.४ प्रतिशतले र कर्जा प्रवाह ११.४ प्रतिशतले वृद्धि भएको छ । कर्जा–निक्षेप अनुपात औसतमा ७४.७ प्रतिशत रहेको छ ।
समीक्षा वर्षमा यस प्रदेशमा यातायात सवारी दर्ताको सङ्ख्या १२.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा