इयु नेताहरूद्वारा रुसविरुद्ध नवौँ प्रतिबन्ध प्याकेज अनुमोदन

युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौँ प्याकेजलाई अनुमोदन गरेको छ। युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी बढाउने भन्ने विषयमा छलफल गरेको बताएको छ।
उनीहरूले रूस विरुद्ध युरोपेली सङ्घको प्रतिबन्धात्मक उपायहरू बारे तप छलफल गरेका छन् । इयुको प्रतिबन्धात्मक उपायहरूको नवौं प्याकेज र अन्तर्राष्ट्रिय तेल मूल्य क्याप लगायत विषयमा गहिरो छलफल भएको छ ।
युक्रेनलाई मद्दत गर्नको लागि १८ बिलियन यूरोको आर्थिक सहायता प्याकेज पनि एजेन्डामा थियो तर नेताहरूले यो विषयलाई अनुमोदन भने गरिएको छैन ।
'युरोपियन युनियन प्रतिबन्धलाई थप बलियो बनाउन तयार छ। युरोपेली परिषदले प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने र छलछाम रोक्न र यसको सहजीकरणको महत्त्वलाई जोड दिनेछ,' नेताहरूले सम्मेलनपछि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलुको बोराभित्र लुकाएर ओसार्दै गरेको साढे २९ किलो चरेससहित तीन युवा पक्राउ
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त