बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

लगातार दोस्रो दिन घट्यो सुनको मूल्य

शुक्रबार, ०१ पुस २०७९, १२ : ४०
शुक्रबार, ०१ पुस २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज लगातार दोस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै तोलामा ४०० रूपैयाँले सुनको भाउ घटेको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य ९९ हजार ४०० रूपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य १ लाख ३०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ थियो ।

हिजो बिहीबार सुनको मूल्य तोलामा ७०० रूपैयाँले घटेको थियो । बुधबार सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ५०० रूपैयाँ कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ । महासंघले हिजो बिहीबारको तुलनामा आज १० रूपैयाँले घटेर १३ सय ७० रूपैयाँ कायम भएको जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप