बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरे

शुक्रबार, ०१ पुस २०७९, १२ : ३८
शुक्रबार, ०१ पुस २०७९

चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गत साउनयता ती वन्यजन्तु मरेका हुन् । तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट   मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई  जनावर मरेका छन् । मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन् । पाँच महिनाको अवधिमा ३२  चित्तल मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

तीमध्ये प्राकृतिक कारणले १०, कुकुरको आक्रमणमा परी २०, दलदलमा परेर र सडक दुर्घटनामा परी एक÷एक क्षेत्रभित्र पाँच गैँडा मरेका छन् । तीन प्राकृतिक कारणले मरेका छन् भने जुधेर र करेन्ट लागेर एक÷एक गैँडा मरेको उनले बताए । घडीयाल गोही र गौरीगाई तीन/तीन  प्राकृतिक कारणले मरेका छन् ।
 
हात्ती, जरायो, बँदेल, कछुवा दुई÷दुई  पाँच महिनाका अवधिमा मरेको निकुञ्जले जनाएको छ । चितुवा, लगुना र धनेस एक÷एक वटा मरेको छन् । यस आर्थिक वर्षमा चोरी सिकारीले वन्यजन्तु मार्न पाएका छैनन् । निकुञ्जको सुरक्षा योजनासँगै समुदायमा आएको सचेतनाका कारण जनावर चोरी सिकारीले मार्न नसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप