रसुवागढी हाइड्रोको अध्यक्षमा थिके
शुक्रबार, ०१ पुस २०७९, १२ : १८
रसुवागढी हाइड्रो पावरको सञ्चालक समितिको अध्यक्षमा प्रदीपकुमार थिके नियुक्त भएका छन् । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दिएको जानकारी अनुसार थिके मंसिरदेखि कम्पनीको सञ्चालक समितिको अध्यक्ष बनेका हुन् ।
यसअघि, कम्पनीको सञ्चालक समितिको अध्यक्षमा माधवप्रसाद कोइराला थिए । कोइराला भने कम्पनीको सञ्चालक समितिबाट बाहिरिएको रसुवागढीले जानकारी दिएको छ । यससँगै, कम्पनीको ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको छ ।
अध्यक्षमा थिके मनोनित हुँदा प्रवल अधिकारी, सुभाषकुमार मिश्र, रामप्रसाद रिमाल, भिमप्रसाद तिमल्सिना र धुव्रप्रसाद अधिकारी समेत सञ्चालक समितिमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या