शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल’मा भाग लिन फिलिपिन्स उडे शैब्या, रिदम र खुसीप्रिया

शुक्रबार, ०१ पुस २०७९, ११ : २३
शुक्रबार, ०१ पुस २०७९

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा आयोजित विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू शैब्या घिमिरे, रिदम नेपाल र खुसीप्रिया कसुला फिलिपिन्स उडेका छन् । सौन्दर्य प्रतियोगिता ‘रिपब्लिक कन्टिनेन्ट इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनीहरू बिहीबार राति उडेका हुन् ।

बुलाकान सिटीमा १६ देखि २१ डिसेम्बरसम्म आयोजना हुने कार्यक्रममा नेपाल, भारत, मलेसिया, फिलिपिन्स थाइल्याण्ड लगायत १७ देशका प्रतियोगीसँग उनीहरूले उपाधिका लागि भिड्नेछन् ।  बालबालिकाको प्रतिभा निखार्ने उद्देश्यले लामो समयदेखि आयोजना हुँदै आएको प्रतियोगितामा नेपालको पहिलो सहभागिता हो । नेपाली संस्कृति, भेषभुषा प्रदर्शनको अलवा नेपालको पर्यटनको बारेमा समेत प्रतियोगितामा प्रतियोगीले जनाकारी गराउनेछन् ।

तीन महिने विभिन्न प्रशिक्षणसहित प्रतियोगिताका लागि उडेका प्रतियोगीलाई अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजु, नृत्य निर्देशक संयुक्त स्थापित, बृहस्मान सुनुवारले क्याटवाक, अभिनय, नृत्य लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

प्रतियोगीलाई उक्त प्रतियोगितामा रेडियन्ट इभेन्ट म्यानेजमेन्टले नै पठाउन लागेको हो । प्रतियोगितामा सहभागीको ड्रेस डिजाइनर श्रीषा बैदारले तयार पारेकी छन् । प्रतियोगीलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले आफैले लिएर गएको छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप