ट्रेलरमा यस्तो देखियो आर्यनको 'डिसेम्बर फल्स'

फिल्म ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार साँझ आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा फिल्मका केही महत्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा आर्यन र उपासनाको रोमान्स, उमेर अन्तरका कारण आउने समस्या, उपासनाका लागि आर्यनको लडाई पनि देखाइएको छ ।
पुस १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म एक नर्सको जीवनमा आइपर्ने घटनालाई मुख्य केन्द्रमा राखेर तयार पारिएको फिल्म हो । फिल्ममा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ ।
फिल्ममा आर्यन र उपासना, शिवहरि पौडेल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ ।
दीपक शर्मा, कोशिश क्षेत्री, सुशान्त गौतम र प्रतीक पौडेलको संगीत, महेश गुप्ताको छायांकन रहेको फिल्म रामप्रसाद रिजालको प्रस्तुति तथा निर्माणमा तयार भएको हो । रामकुमार निर्माता रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल र अशिम काफ्ले हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न
-
सामान्य कुरा भन्न प्रधानमन्त्री प्रदेश सभामा आइरहन पर्दैन
-
प्रदेशले गर्दै आएको गुनासोप्रति मौन रहे प्रधानमन्त्री