गढीमाई नगरपालिकामा ८ करोडको लागतमा आधुनिक कोल्डस्टोर निर्माण हुँदै
रौतहटको गढिमाई नगरपालिकामा आज गढीमाई नगरपालिकामा ८ करोड रुपियाको लागतमा आधुनिक कोल्डस्टोर निर्माण हुँदैछ। मेयर श्यामबाबु यादवको विशेष सक्रियतामा आधुनिक सित भण्डार निर्माण हुन लागेको हो।
शुक्रबार एक समारोहका बीच मेयर यादवले गढीमाई १ समनपुरमा सैनिक पार्क नजिक विधिवत् रुपमा खाद्य भण्डारको शिलान्यास गरेका हुन। नेपाल सरकारको केन्द्रीय बजेट ससर्त अनुदान तथा गढीमाई नगरपालिकाको संयूक्त लगानीको कुल ८ करोड रुपियाको लागतबाट सुविधा सम्पन्न आधुनिक सित भन्डार भवन निर्माण भैरहेको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताएका छन ।
शीत भण्डार निर्माण पछि नगरका किसानलाई आलु,फलफूल लगायत कृषि उपज भण्डारन गर्न सहज हुने अधिकृत यादवले जानकारी दिएका छन । शिलान्यास समारोहमा नगर प्रमुख श्याम प्रसाद यादव ,गढीमाई नगरपालिका१ का वडा अध्यक्ष रामपुकार यादव प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव , लेखा अधिकृत कामेश्वर सहनी ,तथा विभिन्न पार्टीका नेता, तथा दर्जनौं स्थानीय को उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको निष्कर्ष– रवि‚ रास्वपा र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो
-
अभिमुखीकरण तालिममा असोज १५ गतेदेखि अनिवार्य रूपमा आईरिस प्रणाली लागू हुने
-
‘साहसी युवा’ भन्दै प्रचण्डले गरे चणिकलाललाई सम्मान
-
रिसोर्ट बगाउँदा नेपाली सेनाका बहालवाला कर्णेल केसी बेपत्ता
-
कर्मानासा खोलामा आएको बाढीले विप्लवसहित स्थानीयवासीको धानबालीमा क्षति
-
मुलुक विपद्मा फसेका बेला भ्रमण छोट्ट्याएर किन फर्केनन् प्रधानमन्त्री ओली ?