आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गढीमाई नगरपालिकामा ८ करोडको लागतमा आधुनिक  कोल्डस्टोर निर्माण हुँदै

शुक्रबार, ०१ पुस २०७९, १० : २२
शुक्रबार, ०१ पुस २०७९

रौतहटको गढिमाई नगरपालिकामा आज गढीमाई नगरपालिकामा ८  करोड रुपियाको लागतमा आधुनिक कोल्डस्टोर निर्माण हुँदैछ। मेयर श्यामबाबु यादवको विशेष सक्रियतामा आधुनिक सित भण्डार निर्माण हुन लागेको हो।

शुक्रबार एक समारोहका बीच मेयर यादवले गढीमाई १ समनपुरमा सैनिक पार्क नजिक विधिवत् रुपमा खाद्य भण्डारको शिलान्यास गरेका हुन।  नेपाल सरकारको केन्द्रीय बजेट ससर्त अनुदान तथा  गढीमाई नगरपालिकाको संयूक्त लगानीको कुल ८ करोड रुपियाको  लागतबाट सुविधा सम्पन्न आधुनिक सित भन्डार भवन निर्माण भैरहेको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले बताएका छन । 

शीत भण्डार निर्माण पछि नगरका किसानलाई आलु,फलफूल लगायत  कृषि उपज भण्डारन गर्न सहज हुने अधिकृत यादवले जानकारी दिएका छन । शिलान्यास समारोहमा   नगर प्रमुख श्याम प्रसाद यादव ,गढीमाई नगरपालिका१ का वडा अध्यक्ष रामपुकार यादव  प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव , लेखा अधिकृत कामेश्वर सहनी ,तथा विभिन्न पार्टीका नेता, तथा दर्जनौं स्थानीय को उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप