बसको ठक्करबाट विद्यार्थीको मृत्यु
शुक्रबार, ०१ पुस २०७९, ०९ : ५०
![बसको ठक्करबाट विद्यार्थीको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/accident_wwoJveKHtA.jpg)
बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना ७ ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे । घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए ।
घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् । प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी/पहिरोले सडक अवरुद्ध, अकासियो तरकारीको मूल्य
-
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
-
जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा अब भद्रकालीबाट
-
कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुर
-
तेस्रो युएसएड यात्रा दाङको लमहीमा
-
उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन रास्वपाको माग