सिरेटो सहेरै दाउरा संकलनमा जुम्ली महिला

कार्तिक १५ गते बाट जुम्लामा चिसोका कारण बाहिर निस्कन मुस्किल छ। तर जुम्ला ग्रामीण क्षेत्रका महिलाहरु बाक्ला कपडा लगाएरै भए पनि दाउरा संकलनमा व्यस्त देखिन्छन्। उनीहरु हिउँदको चिसो कटाउनका लागि वन जंगल तिर दाउरा संकलन गर्न व्यस्त छन्।
जुम्लामा हिउँ पर्ने समय पनि नजिकै छ। पुस महिना देखि फागुन र चैतको अन्तिम सम्म यहाँ हिउँ पर्छ। हिउँ परेपछि बाटो बन्द हुने हुँदा बिहान, दिउँसोको समयमा वनजंगल धाइरहेका हुन्छन्। घरदेखि ३ देखि ४ घण्टाको पैदलको यात्रा गरेर महिलाहरु दाउरा ल्याउन गर्छन् ।
कार्तिक महिनामा बर्खे बालिहरु भित्र्याउन व्यस्त हुने जुम्ली महिला यति वेला भने दाउराको जोहो गर्दैछन्। यतिबेला बिहान र बेलुकाको सुख्खा सिरौठोमा डोका भरिभराउ दाउरा ल्याउन बाध्य छन्। यतिबेल सुख्खा सिरौठाले हातमुख र खुट्टा फुट्ने गर्दछन्। अहिले जुम्लाको अधिकतम तापक्रम १७ दशमलव ९ डिग्री र न्युनतम माइनस ४ दशमलव ५ डिग्री रहेको जलतथा मौषम विज्ञान कार्यालय जुम्लाले जनाएको छ।
हातमा पञ्जा,ओठमा माक्स खुट्टामा टालटुल गरेका जुत्ता, पिठ्युँमा डोको दाउरा बोकेका महिला भेटिन्छन् । पुस महिना देखि फागुन १५ सम्म गाई गोरु पनि वन पाखा लैजान सकिँदैनन्। साढे २ महिना गाई गोरुलाई घरमै राखिन्छ। चरिचरन क्षेत्र पूरै हिउँले सेताम्य हुन्छ ।
जुम्लामा वर्षौँदेखि गाउँरगाउँका मुखिया टोली र वन उपभोक्ता समितिको समन्वयमा स्थानीयवासीलाई जंगलमा सुकेका दाउरा फुकुवा गर्ने प्रचलन छ। जुम्लीहरु वर्षायाममा कृषि र अन्य व्यवसायमा व्यस्त हुने र जाडोको मौसम फुर्सदिलो हुने गरेका कारण यही समयमा मात्र जंगल फुकुवा गर्ने चलन राखिएको पुन्चमा ऐडीले बताइन्। यो चलन पातारासी गाउँपालिकाको नभइ सिंगो जुम्लाको हो।
जिल्लाको तल्लो क्षेत्रका गाउँ÷गाउँमा दाउरा फुकुवा गरिएपछि स्थानीय नागरिकहरु आफ्नो क्षेत्रका लेकमा पुगेर दाउरा संकलन गर्छन्। तोकिएको दिनसम्म बिहान सबेरै ३ घण्टा उकालो चढेर लेकको जंगलमा पुगेर दाउरा संकलन गर्छन्। उनीहरूले दाउरा ओसार-पोसारका लागि हुनेले घोडा र खच्चड प्रयोग गर्छन् भने नहुनेले आफैंले बोक्ने गर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनियन्त्रित भएर मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु
-
वरिष्ठ गायिका देविका वन्दनालाई आईएनसीद्वारा सम्मान
-
नेपाल र बेलायतमा मञ्चन हुँदै नाटक ‘भीमसेन थापा’
-
संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी : प्रधानमन्त्री
-
२०४६ को जनआन्दोलनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदान महत्वपूर्ण : महत
-
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार