दुई चालक नराख्ने ४१ यात्रुबाहक बस कारबाहीमा
लामो दुरीका यात्रुबाहक सवारी साधनमा दुई चालक नराख्ने ४१ जना कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाएपछि कारबाही गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार टिसिए एपमा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुङ्गा नाका सहित सातै वटै प्रदेशका १५ स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए/नभएको यकिन हुन्छ ।
०७५ माघ २८ बाट सुरु भएको यो चेकिङ केही समय, सञ्चालनपछि कोभिड लगायतले रोकिएकोमा पुनः गत असोज ३१ बाट शुरुवात भएको थियो । पछिल्लो पटक ४१ सवारीसाधनका चालक कारबाहीमा परेको महाशाखाले जनाएको छ ।
उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तीमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक ५ घण्टापछि पालै पालोसँग सवारी चलाउनुपर्छ ।
तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रुपले लामो दुरीका यात्रुबाहक सवारीसाधनमा दुई जना चालकको व्यवस्था छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी किट’
-
चलचित्र निर्माण गर्नेका लागि निर्देशक समाजले ल्यायो हेल्पडेस्क
-
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
-
९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात
-
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
-
माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले अन्तर्क्रिया गर्दै