आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय कलाकार विवेक ओवरायद्वारा पशुपतिनाथमा विशेष पूजा

बिहीबार, २९ मङ्सिर २०७९, २० : १७
बिहीबार, २९ मङ्सिर २०७९

भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कलाकार ओवरायले रु दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । विवेकका पिता सुरेश ओवराय पनि नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा आराधनाका लागि आउने गरेको जनाइएको छ ।

बलिउड नायक ओवराय परिवारसहित घुम्न बुधबार नेपाल आएका थिए । धेरै भारतीय कलाकारले नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा गर्ने गर्नुभएको पनि कोषले जनाएको छ । यसले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा पनि योगदान गरिरहेको छ । पशुपतिनाथलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले आस्थाको केन्द्रका रूपमा मान्ने गरेका छन् । विश्वका जुनसुकै कुनामा रहेका हिन्दू पनि जीवनकालमा एकपटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन् ।

पशुपतिमा धनुर्मास पूजाको तयारी

यसैबीच कोषले पशुपतिनाथमा धनुर्मास पूजाको तयारी गरेको छ । पुस ४ गते सोमबार राति पशुपतिनाथ मन्दिरमा धनुर्मास पूजा गरिने पनि महाशाखा प्रमुख पराजुलीले जानकारी दिनुभयो । खिचडीको भोग पनि पशुपतिनाथमा पुस ४ गते राति नै लगाइने छ । 
 
पुस ५ गते बिहान १० बजेसम्म यो पूजा चल्ने छ । धनुर्मास पूजा सकिएपछि भने बिहान १० बजेदेखि नै मन्दिर बन्द गरिने पनि कोषले जनाएको छ । पशुपतिनाथमा प्रत्येक वर्ष पुस महिनामा धनुर्मास पूजा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप