सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

इन्टरनेटको गुणस्तर परीक्षण गर्दै प्राधिकरण

बिहीबार, २९ मङ्सिर २०७९, २० : ००
बिहीबार, २९ मङ्सिर २०७९

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेट गतिको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले सातवटै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्ने जनाको छ ।

प्राधिकरणले सातै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्न भन्दै आशयपत्र आह्वान गरेको छ । इन्टरनेट सेवा प्रदायकहरूले वितरण गर्ने इन्टरनेटको गुणस्तरमा गुनासो आइरहेको छ ।  प्राधिकरणले इन्टरनेटको गुणस्तर परीक्षण गर्ने लक्ष्यसहित यसको अध्ययनका लागि आशयपत्र आह्वान गरेको हो । आवेदकले पुस ६ गतेसम्म आशयपत्र दिनुपर्ने प्राधिकरणले जनाएको छ । – न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप