काठमाडौँ विश्वविद्यालयका १६९९ विद्यार्थी दीक्षित
बिहीबार, २९ मङ्सिर २०७९, १९ : ५३

काठमाडौँ विश्वविद्यालयका १६९९ विद्यार्थी दीक्षित भएका छन् । मानविकी, शिक्षा, इन्जिनियरिङ, कानुन, व्यवस्थापन, स्वास्थ्य विज्ञान र विज्ञान विधाका ८ जना विद्यावारिधि, ८५ जना एमफिल, स्नातक र स्नातकोत्तर तहका गरी १६९९ विद्यार्थी दीक्षित भएको काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा कूलपति शेरबहादुर देउवा, वरिष्ठ फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा मृगेन्द्रराज पाण्डे एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकूलपति देवेन्द्र पौडेलको उपस्थितिमा विश्वविद्यालयको दीक्षान्त समारोह सम्पन्न भएको हो ।
दीक्षित हुनेमा अस्ट्रिया, क्यानडा, चीन, जर्मनी, भारत, इटाली, माल्दिभ्स पोर्चुगल, रुस, सिङ्गापुर, स्पेन, श्रीलङ्का, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १६८६ जना विदेशी विद्यार्थी समेत रहेको विश्वविद्यालयले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला