आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

लामो दुरीका बसमा २ जना चालक नराख्नेमाथि प्रहरीको कडाइ

बिहीबार, २९ मङ्सिर २०७९, १९ : ४३
बिहीबार, २९ मङ्सिर २०७९

लामोदुरीका बसमा २ जना चालक नराख्ने ४१ वटा सवारी साधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  काठमाडौँको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाइएपछि कारबाही गरिएको हो ।  

 काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार "TRAFFIC COMMUNICATION APPLICATION" मा  शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमति पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछि नागढुंगा नाकासहित सातै प्रदेशका १५ (पन्ध्र) स्थानमा रहेको चेक प्वाइन्टमा डाटा सर्कुलर हुन्छ ।

जसका आधारमा चालक फेरबदल भए-नभएको एकिन गर्ने गरिन्छ । २०७५ माघ २८ गतेबाट शुरु भएको यो चेकिङ केही समय, संचालन पछि कोभिड लगायत अन्य विविध कारणले रोकिएकोमा पुन: असोज ३१ गतेबाट शुरुवात गरिएको हो । जसपश्चात २ महिनाको अवधिमा ४१ वटा सवारी साधनका चालक कारवाहीमा परेका हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप