आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जापान सरकारबाट रामचन्द्र पौडेल सम्मानित

बिहीबार, २९ मङ्सिर २०७९, १८ : ०७
बिहीबार, २९ मङ्सिर २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गरेको छ । बिहीबार पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो । 

नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई  एक कार्यक्रमबीच सम्मान गरेको छ । पौडेल नेपालका लागि जापानका राजदूत किकुता युताकाबाट सम्मानित भएका उनको सचिवालयले जनाएको छ ।  तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो । सोही घोषणाअनुरुप उनलाई सम्मान गरिएको पौडेलको सचिवालयले जनाएको छ । पौडेल नेपाल–जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप