चार महिनामा २८ खर्ब ३३ अर्ब तरलता प्रवाह
नेपाल राष्ट्र बैंकले चार महिनामा वित्तीय बजारमा २८ खर्ब ३३ अर्ब रुपैयाँ बढी तरलता सुविधा प्रदान गरेको छ । बैंकले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा रिपोमार्फत २ खर्ब ३ अर्ब ८७ करोड, सोझै खरिद बोलकबोलमार्फत ७२ अर्ब २० करोड र स्थायी तरलता सुविधामार्फत २५ खर्ब ५७ अर्ब ४ करोड गरी कुल २८ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ तरलता प्रवाह गरेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.१७३६ अर्ब ८४ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ५२ करोड खुद खरिद गरी १ खर्ब ९५ अर्ब ८६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४१ करोड ३४ लाख खुद खरिद गरी ४९ अर्ब ५९ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा राष्ट्र बैंकले १ अर्ब ३६ करोड अमेरिकी डलर बिक्री गरी १ खर्ब ७५ अर्ब १६ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३६ करोड अमेरिकी डलर बिक्री गर्दै १ खर्ब ६१ अर्ब ८४ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीइभिटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो