आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलन घोषणा

बिहीबार, २९ मङ्सिर २०७९, १७ : ०३
बिहीबार, २९ मङ्सिर २०७९

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनका लागि दवाव दिन आन्दोलन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । 

उक्त पार्टीले पुस १ गतेदेखि ५ गतेसम्म चरणवद्ध आन्दोलन गर्ने भएको छ । पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सरहसम्म विरोध प्रदर्शन, पुस २ गते कोणसभा,  ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते देशैभर मसाल जुलुस गर्ने सो पार्टीले जनाएको छ । आन्दोलनको अन्तिम दिन पुस ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिने समेत नेकपाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप