नेप्से परिसूचक १४.४८ अंकले गिरावट
साताको अन्तिम कारोबारको दिन बिहीवार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । गत मंगलवारदेखि ओरालो लागेको नेप्से परिसूचक बिहीवार पनि १४.४८ अंक घटेर १८८२.६० बिन्दुमा झरेको हो । त्यसैगरी,सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ ।
बिहीबार कारोबारमा आएका २८४ कम्पनीको ४८ लाख ४ हजार कित्ता शेयर १ अर्ब १९ करोड २६ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीवार नेप्से परिसूचकमा गिरावट आएपनि कारोबार रकम भने बढेको छ ।
बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक १.४९ प्रतिशत घटेको छ । त्यस्तै,जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से परिसूचकका दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा रुरु जलविद्युत परियोजना र ईष्टर्न हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, माउण्टेन इनर्जीको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ । तर यता पिपुल्स हाइड्रोपावरको शेयरमूल्य यस दिन नकारात्मक सर्किट लेभलमा करोबार भएको छ । आज नेपाल क्रेडिट एण्ड कमर्श बैंकको २२ करोड ८९ लाख ४२ हजार रुपैयाँ बराबरको संस्थापक शेयरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'