बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विदेशी मुद्राको सञ्चिति बढेर १२ खर्ब ४६ अर्ब पुग्यो

बिहीबार, २९ मङ्सिर २०७९, १६ : १५
बिहीबार, २९ मङ्सिर २०७९

विदेशी मुद्राको सञ्चिति २.५ प्रतिशतले बढ्दै १२ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्ष २०७९÷८० को चार महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै यस्तो तथ्याङ्क पेश गरेको हो । 
२०७९ असार मसान्तमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको थियो ।

अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ असोज मसान्तमा ०.६ प्रतिशतले कमी आई ९ अर्ब ४८ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ असोज मसान्तमा ४.३ प्रतिशतले वृद्धि भई रु.११०१ अर्ब ६० करोड पुगेको छ । 

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ असोज मसान्तमा ९.३ प्रतिशतले कमी आई रु.१४४ अर्ब ६२ करोड रहेको छ । २०७९ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप