न्युजिल्याण्डमा नेपालीको संख्या बढ्दै, २६९४ नेपालीहरुले पाए आवासीय भिसा
न्युजिल्याण्डमा नेपालीहरुको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । यो वर्ष न्युजिल्याण्डकै इतिहासमा पहिलो पटक २६९४ नेपालीहरुले आवासीय भिसा प्राप्त गरेका छन् । अघिल्लो वर्ष यस्तो भिसा प्राप्त गर्ने नेपालीको संख्या ११७९ जना रहेको थियो ।
न्युजिल्याण्डको आप्रवास विभागले जारी गरेको तथ्यांक अनुसार यो वर्ष १५८ देशका कुल १ लाख ४२ हजार ९२९ जना विदेशी निवेदकहरुलाई आप्रवास भिसा प्रदान गरिएको छ भने ५१८७ जना निवेदकहरुको निवेदन बदर भएको छ।
१५८ देशका नागरिकहरुले आप्रवास भिसाको लागि निवेदन हालेको भएतापनि ११ देशका नागरिकहरुले आवासीय भिसा प्राप्त गर्न सकेनन्। ३ जनाले मात्र आवासीय भिसा प्राप्त गरेका १३ वटा देशका नागरिकहरु छन् भने ६ जना मात्रको आवासीय भिसा स्वीकृत भएका १० वटा देशहरु छन्। मंगोलिया लगायत १० देशका नागरिकहरुको भाग्यमा १२ जनाको आप्रवास भिसा हात परेको तथ्यांकमा उल्लेख छ ।
आवासीय भिसा प्राप्त गर्ने ब्यक्तिहरु मध्ये तालिकाको अग्र पंक्तिमा भारतीयहरु रहेका छन् । जसको संख्या ३७ हजार ६८ रहेकोछ। दोश्रोमा फिलिपिन्स रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा