काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्छः सोविता गौतम
काठमाडौं क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताएकी छन् । बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताइन् । उनले महानगरपालिकाले गुमाएको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताइन् ।
यसको निम्ति आफूले सकेको भुमिका निभाउने उनको भनाई छ । उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले कति कुराहरु कमाएको छ । कति कुराहरु गुमाएको छ । कति मौलिकताहरु गुमाएको छ । तर ति मौलिकताहरुलाई अब पुनःजीवित गर्नको निम्ति काठमाडौं महानगरपालिकाले हामीले देखिरहेका छौँ । विभिन्न प्रयासहरु गरिरहेको छ । ती पुनःजीवित गर्ने प्रयासहरुमा तपाई हामी सबैजनाले आ–आफ्नो क्षेत्रबाट साथ पनि दिइरहेका छौँ । आगामी दिनबाट हाम्रो तर्फबाट र मेरो तर्फबाट व्यक्तिगत रुपमा मैले आफूले गर्नुपर्ने कुराहरुमा महानगरपालिका लगायत नेपाललाई नै एउटा गति दिनको निम्ति हाम्रो मौलिकतालाई एउटा पुर्नजिर्वित गर्नको निम्ति र मौलिकता सँगसँगै एउटा आधुनिक नेपाल विकसित गर्नको निम्ति हाम्रो जे जति भुमिका हुनसक्छ, मेरो जे जति भुमिका हुनसक्छ । त्यसमा म सकारात्मक छु भन्ने कुरा यहाँबाट व्यक्त गर्न चाहन्छु ।’
उनले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिंगो देशकै मौलिकतालाई पुनःजीवित गर्नुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'