काठमाडौं महानगरपालिकाले मनायो २८ औं महानगर दिवस (तस्बिरहरु)
बिहीबार, २९ मङ्सिर २०७९, १२ : ४४

काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको वसन्तपुरमा एक कार्यक्रम आयोजना गरि मनाएको छ ।
२०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।
दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण गर्न र त्यसका बारेमा जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको महानगरले जानकारी दिएको छ ।
यसअघि महिला कुर्सी दौड प्रतियोगिता, प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बिच फुटबल, धिमे बाजा प्रतियोगिता लगायतका कार्यक्रमहरु महानगरले सम्पन्न गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेपछि माओवादी र एमाले सांसदको आपत्ति
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?