बाघको आक्रमणबाट एक सिंगे गैँडाको मृत्यु, अर्को गैँडाको जुधेर मृत्यु

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिंगे गैँडाको मृत्यु भएको छ । निकुञ्जको अमलटारी सेक्टरको कुजौलि रेञ्जपोष्ट अन्तर्गत नारायणी नदी किनारस्थित निकुञ्जको कोर क्षेत्रमा गैँडा मृत फेला परेको हो ।
बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले भेला गैँडालाई मृत अवस्थामा भेटेको निकुञ्ज प्रशासनले जनाएको छ ।
अन्दाजी ६ महिना (खाग नपलाएको) उक्त गैँडाको बाघको आक्रमणबाट मृत्यु भएको जनाइएका छ ।
यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामिचौर पोष्ट अन्तर्गत गुन्द्रही ढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पनि अर्को गैँडा मृत फेला परेको छ । बिहीबार बिहान निकुञ्जको नियमित गस्ती टोलीले पोथी गैँडा मृत अवस्थामा भेटेको हो ।
अन्दाजी १५ वर्ष उमेरको उक्त गैंडाको आपसमा जुधेर मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ । योसँगै चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालू आवमा मृत्यु हुने गैडाको संख्या ५ वटा रेकर्ड गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने