गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु गलत : देव गुरुङ
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिबाट राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियताप्रति प्रतिकूल हुने टिप्पणी गरेका छन् । अहिले नै राष्ट्रपतिको निर्वाचन गर्ने बेला भई नसकेकाले छलफल गर्नु समेत सान्दर्भिक नहुने उनले बताए ।
‘राष्ट्रपतिको निर्वाचन गर्ने समय नभएकाले छलफल गर्नु सान्दर्भिक हुँदैन । अहिले मुलुकमा राष्ट्रियताकै संकट हो । राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा गर्ने विचारले हो । विचारकै आधारमा पार्टी चल्छ । मुलुकको रक्षा गर्ने अभिभारा वैचारिक रुपमा राजनीतिक पार्टीहरूले हो’ रातोपाटीसँग कुरा गर्दै गुरुङले भने, ‘विचारधाराबिना मुलुकको रक्षा गर्न असम्भव छ । यद्यपि राष्ट्रपति दलबाट राजीनामा दिएर स्वतन्त्र भएर हुने आफ्नै खालको मान्यता छ । राजनीतिक पृष्ठभूमि नभएर गैर राजनीतिक खालको कुरा उठेको छ । यस्तो गर्न खोज्नु राष्ट्रियता प्रतिकूलको धारणा हो ।’
गैर राजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियतामाथि खेलवाड हुने गुरुङले बताए । दलभन्दा बाहिरबाट अराजनीतिक व्यक्ति खोज्ने कुरा आत्मसमर्णवादी धारा हो । यस्तो चिन्तन सरासर गलत हो यो मान्न सकिँदैन’ गुरुङले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय