जापानले आज नेता पौडेललाई सम्मान गर्ने
बिहीबार, २९ मङ्सिर २०७९, ०९ : ४२
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज (विहीबार) सम्मानित गर्ने भएको छ । विहीबार अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।
नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।
तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई विहीबार उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्न लागेको छ । पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले सो सम्मान प्रदान गर्ने छन् । पौडेल नेपाल-जापान संसदीयमैत्री संघका संस्थापकसमेत थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा