मोरक्कोका एन–नेसरीले बनाए अनौठो रेकर्ड
बिहीबार, २९ मङ्सिर २०७९, ०९ : २२

फिफा विश्वकपमा फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा मोरक्कोका युसेफ एन–नेसरीले अनौठो रेकर्ड बनाएका छन् । यो रेकर्ड कुनै पनि खेलाडीले बनाउन चाहँदैन ।
बुधबार भएको खेलमा सेभियाका फरवार्डले कठिन समय बेहोरिरहेका थिए । २५ वर्षीय खेलाडी सुरुवाती–११ मा परे पनि खेलमा कुनै योगदान दिन सकिरहेका थिएनन् । ६७ मिनेट मैदानमा रहँदा मात्र तीन पटक बल उनको खुट्टामा परेको थियो ।
ओप्टा जोका अनुसार सन् १९६६ यता कुनै पनि खेलाडीले ४५ मिनेटभन्दा बढी खेलेर विश्वकपमा सबैभन्दा कम पटक बल छोएको यो पहिलो अवसर हो ।
वालिद रेग्रागुईको टोली विश्वकपको फाइनलमा पुगेर इतिहास रच्ने प्रयासमा रहेको बेला एन–नेसरीको यो रेकर्ड बनेको हो । खेलमा मोरक्को साबिक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो । अब मोरक्कोले शनिबार क्रोएसियासँग तेस्रो स्थानको प्लेअफमा भिड्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिन्छ : गृहमन्त्री
-
माओवादी केन्द्रीय कार्यालय पुगेर गृहमन्त्री लेखकले भने– उद्दण्डताविरुद्ध एक भएर प्रतिवाद गर्नुपर्छ
-
पश्चिम बंगालको माल्दामा हिंसा : इन्टरनेट बन्द, ३४ जना पक्राउ
-
सरकारको अधिनायकवादी सोच र आन्दोलनकारीको अराजक व्यवहारका कारण पत्रकारको मृत्यु भयो : मिडिया एलायन्स
-
म्यानमार भूकम्प : मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, १० हजारसम्म पुग्ने आशंका
-
प्रहरीसँगको मुठभेडमा १६ जना संदिग्ध नक्सलवादी मारिए