आँखा उपचार केन्द्र जुम्लामा बिरामीको चाप

जुम्लामा आँखाका बिरामी बढेका छन्। वायु प्रदूषण र मोबाइलको अत्यधिक प्रयोगका कारण आँखाको समस्या देखिएपछि आँखा उपचार केन्द्रमा उपचारका लागि जानेको चाप बढेको हो ।
आर्थिक वर्ष २०६७/०७७ मा ४ हजार ७ सय ५५,२०७७/०७८ मा ५ हजार २ सय ७६, २०७८/०७९ मा ५ हजार ७ सय ९३ र चालू आर्थिक वर्षको हाल सम्म २ हजार १ सय ६४ जना आँखाका बिरामीको उपचार गरिएको केन्द्रका प्रमुख कालीबहादुर रावतले बताए। उनका अनुसार बिरामी हरेक वर्षमा बढेको पाइन्छ।
मोबाइल तथा कम्प्युटरको बढी मात्रामा प्रयोग गर्दा पटक-पटक आँखामा समस्या देखिने गरेको उनको भनाइ छ । जुम्लाका सबै स्थानीय तहबाट केन्द्रमा उपचारको लागि आउने गर्दछन्। केन्द्रले आँखाका बिरामीको उपचारका लागि समय समयमा केन्द्रमै तथा जिल्लाका विभिन्न ठाउँमा निःशुल्क आँखा शिविर समेत सञ्चालन गर्दै आएको छ ।
वातावरण प्रदूषण, घरभित्रको धुलो धुवाँ र समयमै आँखा परीक्षण तथा उपचार र सुरक्षा नगर्दा धेरैमा कुनै न कुनै प्रकारका रोगले आँखामा संक्रमण गर्ने गरेको पाइएको छ। मौसम परिवर्तनसँगै आँखा पाक्ने, आँखा रातो हुने, चिलाउने र बिझाउने लगायतका समस्या लिएर आँखाका बिरामी अस्पतालमा आउने गरेका छन् ।
केन्द्रका आइ वर्कर दलबहादुर महताराका अनुसार केही दिनयता आँखा पाक्ने बिरामीको संख्या बढेको छ। आँखाजस्तो संवेदनशील अंगको स्वास्थ्यमा लापर्वाही नगर्न उनले आग्रह गरे । आँखाको समस्या देखिनासाथ केन्द्रमा आउन आँखाका बिरामीलाई उनले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा