सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

उदयपुरमा स्तन क्यान्सरबारे एनआरएनए स्वास्थ्य शिविर सम्पन्न

बुधबार, २८ मङ्सिर २०७९, २२ : ०३
बुधबार, २८ मङ्सिर २०७९

 उदयपुरको गाईघाटमा महिलाहरुको स्तन क्यान्सरबारे स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपालकै चर्चित क्यान्सर रोग विशेषज्ञ डाक्टर अरुण शाही लगायतको टोलीले गाईघाटमा महिलाहरूमा हुने स्तन क्यान्सरको परीक्षण गरेका हुन् । डा.शाहीका अनुसार शिविरमा ३ सय ५० जनाले सेवा लिएका छन् ।

साथै शिविरमा सुगर जाँच, मिर्गौलाको जाँच गरिएको थियो । चिकित्सक भन्छन्– ‘पछिल्लो समय देशमा स्तन क्यान्सर भयावह रुपमा देखिँदै आएको छ ।’  शिविरको आयोजना गैरआवासीय नेपाली संघ विश्व स्वास्थ्य समितिका अध्यक्ष डा.सन्जिव सापकोटाले गरेका थिए । २५ जना चिकित्सकले सेवा दिएका छन् ।

शिविरमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले बढ्दो स्तन क्यान्सर बारे राज्यले विशेष ध्यान दिनुपर्ने बताए । उनले स्तन क्यान्सर बारे महिलाहरूलाई धेरै जानकारी नभएको भन्दै शिविर संचालन गरेकोमा डा.सापकोटा र डा.शाहीलाई धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप