सबैभन्दा कान्छी सांसद बनिन् झापाकी २५ वर्षीया निशा
बुधबार, २८ मङ्सिर २०७९, २० : ५६
२७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद निशा डाँगी हुने भएकी छन् । राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित डाँगी २५ वर्षकी मात्रै छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदमध्ये डाँगीको उमेर सबैभन्दा कम अर्थात २५ वर्षमात्र छ ।
भद्रपुर नगरपालिका झापाकी डाँगी रास्वपाको खसआर्य समूहबाट सांसद निर्वाचित भएकी हुन् । आयोगका अनुसार सबैभन्दा बढी उमेरका समानुपातिक सांसदमा राप्रपाका पशुपति शमशेर राणा छन् । राणाको उमेर ८० वर्ष रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
-
एकीकृत समाजवादीले आज नेताहरूको जिम्मेवारी तोक्ने
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
रोशीका बाढीपहिरो प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण
-
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
-
म्याग्दीमा सुन्तला बिक्री गर्न बजार खोज्नुपर्ने झन्झट हट्यो