मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

तनहुँको कृष्ण मोटरमार्ग १० दिन बन्द

बुधबार, २८ मङ्सिर २०७९, २० : ४०
बुधबार, २८ मङ्सिर २०७९

जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटर मार्गमा १० दिनका लागि सवारी आवागमनमा बन्द गरिएको छ । आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको सो गाउँपालिका कार्यालयले जनाएको छ ।

सो गाउँपालिकाको खिलाबाट गाउँपालिका कार्यालयसम्मको सडक खण्डमा कालोपत्र कार्य भइरहेकाले यातायात बन्द गर्नुपरेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिए । सो अवधिसम्म वैकल्पिक बाटो प्रयोग गरिदिनसमेत यातायात व्यवसायीलाई अनुरोध गरेको उनले बताए ।

“सडक कालोपत्रको समयमा सवारी आवतजावतमा समस्या हुने भएकाले बन्द गरेर काम गर्न लागेको हौँ”, उनले भने, “यसबाट पर्न गएको असुविधाप्रति गाउँपालिका कार्यालय क्षमाप्रार्थी छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?