शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सिरहामा महिला हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

बुधबार, २८ मङ्सिर २०७९, १९ : २६
बुधबार, २८ मङ्सिर २०७९

सिरहा प्रहरीले महिला हत्यामा संलग्न रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नपा २ का ३० वर्षीय लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिका १ का २० वर्षीय नितेश कुमार रजक र  वडा नम्बर २ मलनियारीका २० वर्षीय राम कुमार महतो कोइरीलाई पक्राउ गरेको हो ।

लुकिछिपी बसेको अवस्थामा प्रहरीले हत्यामा प्रयोग भएको धारिलो हतियारसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय मिर्चैया र मधेस प्रदेश प्रहरीबाट ल्याएको कुकुरको सहयोगमा पक्राउ गरेको जनाएको छ ।

गाउँ नजिकै रहेको कर्जन्हा नपा–६ को जङ्गलबाट आगो बाल्न सुकेको पात लिएर आउँदै गर्दा मंगलबार अपराह्न बाटो ढुकेर बसेका दुवै जनाले लक्ष्मीनियाँलाई धारिलो हतियारले पेट र घाँटीमा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो । पक्राउ परेकाहरुविरुद्ध आजै जिल्ला अदालत सिरहामा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप